काठमाडौँ । सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तासाझेदार दुई दल नेकपा (एमाले) र नेपाली कांगेसका शीर्ष नेताबीच छलफल भएको छ । भेटमा विशेष गरेर सरकारका केही मन्त्रीहरु हेरफेरको विषयमा कुराकानी हुने नेताहरुको भनाइ छ ।  

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरु पूर्णबहादुर खड्का र रमेश लेखक तथा एमाले नेताहरु विष्णु पौडेल र विष्णु रिमाल सहभागी रहेको बालुवाटार स्रोतको भनाइ छ ।  

एमालेका पछिःल्ला केन्द्रीय बैठकहरुमा पछिल्लो समय विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर देखिएका मन्त्रीहरु परिवर्तनको आवाज उठेपनि कांग्रेसले भने आफ्ना मन्त्रीहरु परिवर्तन गर्न चाहेकेको छैन । मन्त्रीहरु हेरफेर गर्दा आन्तरिक विवाद चुलिने भन्दै सभापति देउवा नेतृत्वको सरकारमा अहिलेका मन्त्रीलाई नदोहोर्याउने रणनीति कांग्रेसको छ ।

बालुवाटार छलफलमा सभापति देउवासहितका कांग्रेस नेताहरुले आफ्नो आधिकारिक जानकारी गराए प्रधानमन्त्री ओलीले एमालेका केही मन्त्रीमात्र परिवर्तनको तयारी गर्नेछन् । वर्तमान सरकारमा एमालेका तीन मन्त्रीसँगमात्र प्रधानमन्त्री सन्तुष्ट रहेको नेताहरु बताउँछन् ।