
काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियुले ३२ वर्ष उमेर पुगेका सबै तहका कमिटीका पदाधिकारी र सदस्यहरूलाई सामूहिक बिदा गरेको छ ।
धुलिखेलमा बसेको प्रथम सचिवालय बैठकका निर्णय महासचिव दीपक धामीले सर्कुलरमार्फत सार्वजनिक गर्दै उमेरहदको मापदण्ड कार्यान्वयन गर्न ३२ वर्ष पार गरेका मातहत कमिटीका नेतृत्वकर्तालाई ससम्मान बिदा गरिएको जनाएका छन् ।
३२ वर्ष उमेरमहद लागु भएपछि निर्वाचित भएको केन्द्रीय कमिटी नेतृत्वले मातहतका प्रदेश र जिल्लामा पनि उमेरहद लागु गर्दै नयाँ संयोजक सहसंयोजक तोकेको छ । ती कमिटीका अधिवेशन भदौ मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ । मातहत कमिटीमा उमेर हद लागु भएसँगै यसअघिका प्रदेश अध्यक्ष बिदा भएका छन् । सर्कुलरअनुसार अब प्रदेश संयोजकको जिम्मा निम्न व्यक्तिले पाएका छन् ।
कोशी: नारायण पोख्रेल
मधेश: सतिसचन्द्र सिंह
बागमती: अच्युत उप्रेती
उपत्यका विशेष: सरोज महर्जन
गण्डकी: सुशन घिमिरे
लुम्बिनी: मदन भण्डारी
कर्णालीः धर्म शाही
सुदूरपश्चिम: रोहित बोगटी







Facebook Comments