काठमाडौँ । गृह मन्त्रालयले सरुवा/पदस्थापन गरिएको कार्यालयमा निर्णय भएको एक महिनासम्म पनि नगएपछि खटाएको स्थानमा हाजिर हुन २४ घण्टे उर्दी जारी गरेको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै २४ घण्टे उर्दी जारी गरेको हो । मन्त्रालयले वेभ पोर्टलमा आज सूची सार्वजनिक गर्दै मन्त्रालयले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको हो ।

खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत छन् भने साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा छन् ।