
काठमाण्डाैँ । सप्तरीमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
आइतबार बिहान दुई सय ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा २७ वर्षीय विशाल राय र मनोज राय छन्। उनीहरूलाई पक्राउ गर्न प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो।
ब्युरोसँगै स्थानीय प्रहरी पनि खटिएको थियो।







Facebook Comments