
रूपन्देही । रुपन्देहीमा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सियारी गाउँपालिका–७ भर्थापुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईमध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने बताए ।
दुर्घटनामा मायादेवी गाउँपालिका ७ का ६० वर्षीय राममिलन धवलको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक तथा उनका छोरा ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन् । टाउको, हात र खुट्टामा चोट लागेका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ ।







Facebook Comments