
काठमाण्डाैँ । कुलिङ पिरियड जालझेल छानबिन गर्न गठित विशेष समितिका सभापति र सत्तापक्षीय सदस्य सम्पर्कविहीन भएका छन्।
प्रतिवेदन लेखनको क्रम चल्दै गर्दा १ बजेतिर खाना खान निस्किएका सभापति जीवनबहादुर परियारसहित सत्ता पक्षीय चार सदस्य अहिले सम्पर्कमा नरहेका विपक्षीले बताएका छन्।
विपक्षी माओवादी, रास्वपा र राप्रपा सांसद उनीहरूलाई कुरिरहेका छन्। राप्रपाकी रोशन कार्कीले भनिन्, ‘चारपटक फोन गरिसकेँ, सभापतिको फोन नै उठेन।’
रास्वपाका गणेश पराजुलीले आफूहरू सभापतिसहित सत्तपक्षीय सदस्यहरुलाई कुरिरहेको बताए। तर, फोनसम्पर्क हुन नसकेको उनको भनाइ छ। सत्ता र प्रतिपक्षीबीच दोषी किटान र कारवाहीमा कुरा मिलेको छैन।







Facebook Comments