काठमाण्डाैँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक चौथो दिन पनि केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ बोल्न बाँकी छ।

आजको बैठकमा प्रचण्डले समिति सदस्यहरूले उठाएका प्रश्न र राखेका धारणाहरूमाथि जवाफ दिनेछन्।

बैठक शुक्रबारदेखि सुरु भएको थियो। माओवादी स्थायी समितिमा ४६ जना सदस्य रहेका छन्।

बैठकमा उपमहासचिव जनार्दन शर्माले पछिल्लो समय राखिरहेको असन्तुष्टिबारे पनि छलफल भइरहेको छ।

धेरै सदस्यले पार्टीबाहिर गएर बोलेको भन्दै शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका छन्।