
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।
केहीबेर अघिमात्रै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । लगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
आइतबार बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।







Facebook Comments