
काठमाण्डाैँ । रामगोपालपुरमा ट्रकमा लुकाएर ल्याउँदै गरेको ४ क्विन्टल ७० किलोग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिबास-जलेश्वर सडक खण्डको रामगोपालपुर–५ रामगोपालपुर चोकमा ना ६ ख. २९१९ नम्बरको ट्रकलाई जाँच गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।
ट्रकलाई रोकी चेक गर्दा ट्रकको पछाडि १० वटा सेतो बोराको पोका बाँधी लुकाई राखिएको गाँजा प्रहरीले आइतबार साँझ बरामद गरिएको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।
इलाका प्रहरी कार्यालय रामगोपालपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले गाँजासहित मकवानपुर राक्सिराङ गाउँपालिका-४ का २६ वर्षीय मानबहादुर मोक्तानलाई समेत नियन्त्रणमा लिएको छ ।







Facebook Comments