
विरगञ्ज । कटुवा पेस्तोलसहित पर्सा विन्दवासिनी गाउँपालिका-५ प्रसौनीभठ्ठा घर भई वीरगन्ज-१६ इनर्वागाउँ बस्दै आएका ४० वर्षीय साहेव खाँ पक्राउ परेका छन् ।
एक अपरिचित व्यक्तिले कटुवा पेस्तोल साथमा लिइ सर्वसाधारणलाई डरत्रास देखाउँदै हिँडिरहेको भन्ने सूचनाका आधारमा आइतबार साँझ ६ बजे वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–१६ इनर्वागाउँको मस्जिद नजिकबाट खाँलाई नियन्त्रणमा लिएको थियो । उनी ससुरालीमा बस्दै आएका छन् ।
उनीमाथि हातहतियारसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।







Facebook Comments