काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित राष्ट्रहरु बाध्यताले अलग रहेको भन्दै कनेक्टिभिटी नै उनीहरुका लागि न्याय हुने बताएका छन् ।

भुपरिवेष्टित राष्ट्रहरुको शिखर सम्मेलनका क्रममा तुर्केमिनिस्तानमा रहेका प्रधानमन्त्रीे कनेक्टिभिटीमा जोड दिएका हुन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालका अनुसार साइड एभेन्टमा बोल्ने क्रममा प्रधानमन्त्रीले भूपरिवेष्टि राष्ट्रहरु विकल्पले नभई बाध्यताले अलग रहेको बताए ।

प्रधानमन्त्रीको भनाइ थियो–तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—खोल्नु कर्तव्य हो, अनुग्रह होइन। अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं।