काठमाण्डाैँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहित नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। मंगलबार संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँसहित नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाएका हुन्।

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँ सहित कांग्रेसका शिवराज अधिकारी र कृष्णकुमार तामाङले सपथ खाएका हुन्। अधिकारीको लागि मन्त्रालय तोकेको छैन भने तामाङका लागि खानेपानी उर्जा तथा सिचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। यस्तै, एमालेका ६ मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।

एमालेका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, उद्योग मन्त्री विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा र वन मन्त्री भरत केसीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

१४ मन्त्रालय रहेका बागमतीमा एमालेको भागमा ६ र कांग्रेसको भागमा मुख्यमन्त्री सहित ७ मन्त्री पाउनेछन्। कांग्रेसभित्रको किचलोले कांग्रेसले ५ मन्त्री भने नियुक्त गरेको छैन। केही दिनमा मन्त्री नियुक्त गर्ने बताइएको छ।