
काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ सुरु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उद्घाटन गरेसँगै प्रदर्शन सुरु भएको हो।
आगामी आइतबारसम्म सञ्चालन हुने ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ वटा नयाँ सवारी साधनहरू लन्च हुने भएका छन् । कार्यक्रम बोल्दै नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको बताइन् ।







Facebook Comments