काठमाडौँ । कश्मीर आक्रमणमा ज्यान गुमाएका सुदीप न्यौपानेको नेपाल ठेगाना बुटवल उपमहानगरपालिका–१४ रहेको खुलेको छ । उपमहानगरका प्रवक्ता शिव रानाका अनुसार, न्यौपाने वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेका भतिज पर्छन् ।

वडाध्यक्ष न्यौपानेले पनि उनी मारिएको पुष्टि गरे । सुदीप शनिबारमात्रै घुम्न भनेर घरबाट निस्किएका थिए । 'गएको शनिबार घुम्न गएको थियो । आमालाई पनि लगेको थियो, छोरी ज्वाइँ पनि सँगै थिए । त्यस्तो दुस्खद घटना भयो,' वडाध्यक्ष न्यौपानेले भने ।

जम्मू–कश्मीरको पहलगाममा मंगलबार आतंकवादी आक्रमण भएको थियो । जसमा कम्तीमा २७ पर्यटकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले आक्रमणमा परे नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान गएको बताएका थिए । तर, नेपालको ठेगाना र आधिकारिकता पुष्टि हुन सकेको थिएन ।