
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ ।
श्रेष्ठ निवास हात्तीवनमा करिब एक घण्टा भेट भएको विप्लवको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दुई नेताबिच समसामयिक राजनीति, पार्टी एकता सम्बन्धमा माओवादी स्थायी समिति बैठकले गरेको निर्णय लगायत विषयमा छलफल भएको छ ।
माओवादीको भर्खर सम्पन्न स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । नेकपाले भदौको तेस्रो हप्ता बस्ने केन्द्रीय समिति बैठकले औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।







Facebook Comments