सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका सभापति जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको लिखुपिके गाउँपालिकाका रास्वपा पालिका सभापति रामचन्द्र बस्नेत काठमाडौंबाट पक्राउ परेका हुन् । गत वर्षको साउन ६ गते स्थानीय फरक क्षमता भएकी एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त बस्नेत काठमाडौंबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गाउँपालिका–२ पोखरीका ४५ वर्षीय बस्नेत यही साउन १९ गते दिउँसो काठमाडौँ महानगरपालिका-१६ स्थित वनस्थलीबाट पक्राउ परेको प्रहरीले जनाएको हो ।

बस्नेतलाई बुधबार जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।