
काठमाडौँ । वर्षासँगै आएको पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सवारी आवागमन बन्द हुँदा यात्रीले सास्ती व्यहोर्नु परेको छ ।
कालीकोट खाँडाचक्र नगरपालिका–५ स्थित जुम्ला–सुर्खेत सडकखण्ड अवरुद्ध भएको छ । बिहान ६ : ४० बजे बिहानी खोलामा सडक माथिबाट पहिरो आउँदा उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिरस्थित पूर्व–पश्चिम राजमार्ग पनि अवरुद्ध भएको छ । बिहान ८ बजे विश्वकर्मा मन्दिरस्थित पूर्व–पश्चिम राजमार्गको एकतर्फी बाटोमा चिप्लोको कारण मालवाहक सवारी साधन उकालो चड्न नसकी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।
लमजुङ मध्यनेपाल नगरपालिका–९ बिमिरेभन्ज्याङ मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । बिहान साढे ७ बजे बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्गमा पहिरो आउँदा उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । अवरुद्ध सडकको पहिरो हटाएर सवारी आवागमन सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ ।







Facebook Comments