काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते काठमाडौं आउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय समकक्षी नरेन्द्र मोदीको निम्ता लिएर विदेश सचिव नेपाल आउन लागेका हुन् । एक वर्षकोबीचमा उनको यो दोस्रो नेपाल भ्रमण हो । अघिल्लो वर्ष साउन तेस्रो साता उनी नेपाल आएका थिए । त्यसबेला ओली प्रधानमन्त्री बनेको एक महिना भएको थियो ।

चौथो पटक प्रधानमन्त्री बनेको एक वर्षपछि ओली भदौ अन्तिम साता भारतको औपचारिक भ्रमणमा जाँदैछन् । यसअघि सचिवस्तरीय संयन्त्रको बैठक समेत बसेको छ ।