
काठमाडौँ । सिंहदरबारमा छलफल चलिरहँदा नेपाल शिक्षक महासंघ भने थप आन्दोलनको रणनीति तय गर्न लागेको छ ।
आफूसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा विधेयक चाँडो टुंगो लगाउन दबाब दिएपनि सरकारले नसुनेपछि आन्दोलन पुनः सुरु गर्ने रणनीतिका लागि हाल बबरमहलमा छलफल चलिररहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
उता, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि छलफल चलिरहेको छ । समितिले विद्यालय शिक्षा विधेयक पारित गर्नेगरी आज नै बैठक बोलाइएको बताइएको छ । शिक्षकको आवधिक बढुवाको विषयमा सहमति जुटेको पनि दाबी गरिएको छ ।







Facebook Comments