
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज (साउन २३) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्नेछ ।
बैठकमा छलफलका निम्ति विभिन्न १३ विषय प्रस्ताव गरिएको छ । केन्द्रीय विभागको प्रगति रिपोर्ट, उपनिर्वाचन, ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीको छानबिन प्रतिवेदनलगायत विषयमा छलफल गरिने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
सभापति रवि लामिछानेमाथिको ‘राजनीतिक प्रतिशोध’विरुद्धको हस्ताक्षरबारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिनेछ । सांसदहरूको लेबी, रणनीतिक समूह गठनसहितका विषयमा छलफल गरिने उनले जानकारी दिए ।
केन्द्रीय समिति बैठकका प्रस्तावित विषय–
१. समसामयिक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा,
केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानविन प्रतिवेदन आदि ।
२. प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवं रिपोर्ट (अधिकतम तीन मिनेटका दरमा) ।
३. केन्द्रीय सदस्य रिपोर्टिङ (अधिकतम दुई मिनेटका दरमा) ।
४. पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल र अनुमोदन ।
५. विधान व्याख्या अनुमोदन सम्बन्धमा ।
६. केन्द्रीय विभागको प्रमुख मनोनयन सम्बन्धमा ।
७. पूर्वकेन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा ।
८. पार्टीको निर्वाचन आयोगमा मनोनयन सम्बधमा ।
९. रणनीतिक समूह गठन सम्बन्धमा ।
१०. संगठन सबलीकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी सम्बन्धमा ।
११. विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने सम्बन्धमा ।
१२. सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षरबारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने सम्बन्धमा ।
१३. विविध
– अधिवेशन प्रतिनिधि समयविन्दु (केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ति) सम्बन्धमा ।
– मधेस प्रदेश सहमहामन्त्री सिफारिस सम्बन्धमा ।
– पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत ।
– सांसदहरूको लेबी सम्बन्धमा ।







Facebook Comments