काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् ।

प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक संजाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको लडाइँमा भारतलाई साथ रहेको प्रष्ट पारेका छन् ।

भारतको कास्मिरको पहलगामस्थित बैसारन उपत्यकामा भारतीय पर्यटकमाथि भएको हमलामा मृत्यु हुनेको  संख्या २८ पुगेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार उक्त हमला पहलगामबाट ५ किलोमिटर टाढा बैसारन उपत्यकामा भएको बताइएको छ ।

जम्मू र कास्मिर प्रहरीका निरीक्षक महानिर्देशक विदीकुमार बिर्डीले हमला भएको क्षेत्रसम्म प्रहरी अझै पुग्न नसकेको बताएका छन् ।