
बारा । नेपाल-चीन सीमा क्षेत्र अन्तर्गत रसुवामा असार २४ गते मंगलबार आएको भीषण बाढीमा बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।
रसुवास्थित नेपाल-चीन सीमा क्षेत्र अन्तर्गत पर्ने ल्हेन्दे खोला र भोटेकोशी खोलामा असार २४ गते मंगलबार बिहान आएको भीषण बाढीमा बेपत्ता भएका प्रहरी जवान ठाकुरको एक महिनासम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि शुक्रबार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो ।
बाराको फेटा गाउँपालिका–१ भलुहीका २४ वर्षीय ठाकुर सीमा सुरक्षा फाँटमा कार्यरत थिए । असार २४ गते बिहान ड्युटीका क्रममा आकस्मिक बाढीले बगाउँदा उनी बेपत्ता भएका थिए ।
घटना पश्चात स्थानीय प्रशासनको सकृयतामा निरन्तर खोजी कार्य भए पनि उनको शव भेटिएको छैन । लामो समयसम्म शव फेला नपरेका अवस्थामा परिवारजनले शुक्रबार गाउँमै धार्मिक विधिपूर्वक कुशको प्रतिकात्मक शव तयार गरि अन्त्येष्टि गरिएको हो ।







Facebook Comments