
काठमाडौं । ज्येष्ठ नागरिकलक्षित सरकारले थप दुई अस्पतालमा निःशुल्क र सहुलियतपूर्ण स्वास्थ्य सेवा विस्तार गरेको छ । रुकुम पूर्व जिल्ला र रुपन्देहीस्थित भीम अस्पतालमा सेवा विस्तार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
योसँगै देशभर ज्येष्ठ नागरिकलक्षित निःशुल्क र सहुलियतपूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको संख्या ६७ पुगेको । कोसी प्रदेशका ११ अस्पतालबाट उक्त सुविधा प्रदान गरिँदै आएको मन्त्रालयले जनाएको छ ।
मधेसका नौ, वाग्मतीका १२, गण्डकीका ६, लुम्बिनीका १४, कर्णालीका ६ र सुदूरपश्चिम प्रदेशका नौ अस्पतालमा उक्त सेवा उपलब्ध रहेको प्रवक्ता बुढाथोकीले बताए । यी अस्पतालमा ६० देखि ६९ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता र आर्थिक अवस्थाका आधारमा ५० प्रतिशत छुट दिइने व्यवस्था छ ।
यस्तै, ७० देखि ७९ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ७५ प्रतिशत छुट दिइनेछ । ८० देखि ८४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई थप सुविधा दिइने व्यवस्था छ । ८५ वर्ष उमेरमाथिका नागरिकलाई उपलब्ध सबै स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिने मन्त्रालयले जनाएको छ ।




_eDRH6Bm5KD.jpg)


Facebook Comments