महेन्द्ननगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरी नजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार आइतबार दिउँसो सानबी पन्त र जीविका पन्त महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । उनीहरु दुवैको उमेर अन्दाजी ६/७ वर्ष रहेको छ । ‘महाकालीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्, खोजी कार्य सुरु भएको छ,’ उनले भने ।

स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए । जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।