
धनगढी । कैलाली कारागारमा रहेका कैदीबन्दीको संख्या यकिन गर्न गणनाको तयारी गरिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी हतियार लिएर घटनास्थल छिरेका छन् । मानव अधिकार आयोगको टोली पनि सँगै रहेको छ ।
कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् ।
मानवधिकार सुदूरपश्चिमको टोलीसहित ४० घन्टापछि सुरक्षा निकाय कैदीबन्दी रहेको स्थानमा पुगेको हो ।
घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन । घटनास्थलसम्म अहिलेसम्म प्रहरी पुग्न सकेको थिएन ।







Facebook Comments