काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष चलिरहेको बेलामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो सक्रियता बढाएका छन्। पछिल्ला केही दिनमा समाजवादी मोर्चामा आबद्ध दलका नेताहरूसँग भेटलाई तीव्रता दिइरहेका छन्।

हालै बसेको माओवादीको बैठकले मोर्चामा आबद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गर्न समिति गठन गर्ने निर्णय गरेको थियो।

भने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि एकताको छलफल चलिरहेको माओवादीका प्रवक्ता अग्नि सापकोटाले बताए। त्यसो महेन्द्रराय यादव नेतृत्वको नेसपासँग भने एकता गर्ने यसअघि नै निर्णय भइसकेको छ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आज मोर्चा बाहिर रहेका जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरे। मोर्चा घोषणा हुँदा उपेन्द्र पनि साथमै थिए। तर प्रचण्ड प्रधानमन्त्री हुँदा आफ्नो पार्टी फुटाइदिएको भन्दै उपेन्द्र बिच्किएर मोर्चाबाट अलग्गिएका थिए।

अहिले फेरि मोर्चालाई एउटै पार्टीमा रूपान्तरण गर्ने गृहकार्य चलिरहेको बेलामा श्रेष्ठले फकाउन थालेका हुन्। ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवासमा सोमबार बिहान दुई वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा भएको सचिवालयले जनाएको छ।

सचिवालयले भनेका छ, ‘देशको राजनीतिक परिस्थितिको समीक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल भएको छ।’
उपेन्द्रले भने आज श्रेष्ठसँगको भेटमा कुनै पनि राजनीतिक विषयमा कुराकानी नभएको दाबी गर्छन्।

उनले भने, ‘आज कुनै राजनीतिक विषयमा कुराकानी भएन। उहाँ र म छिमेकी हौँ। तर, यो राजनीतिक भेट होइन।’

श्रेष्ठले हिजो नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटे गरेका छन्। माओवादीसँग एकता गर्न अध्यक्ष माधव नेपाल सकारात्मक भएपनि खनाल छैनन्। अध्यक्ष नेपालसँग असन्तुष्ट नेता नेपाललाई नेता श्रेष्ठले खनाल निवास डल्लुमा पुगेका भेट गरेका थिए।

खनाल भेट्नुअघि श्रेष्ठले नेकपा एसकै महासचिव घनश्याम भुसालसँग पनि कुराकानी गरेका थिए। शुक्रवार श्रेष्ठ निवास हात्तीवन पुगेर महासचिव भुसालले छलफल गरेका थिए।

त्यसो त बुधवार उनले नेकपाका महासचिव विप्लवसँग पनि भेट गरेका थिए। बुधवार दुई नेताबीच एक घण्टा कुराकानी भएको थियो। माओवादीले नेकपासँग एकता गर्ने निर्णय गरेको भएपनि तत्काल सकारात्मक बनिरहेको छैन। यसअघि नै नेकपाले माओवादीसँग एकता गर्ने निर्णय गर्दा पनि प्रचण्डकै अनिच्छाको कारणले टरेको नेकपाको निष्कर्ष छ।

नेकपाका प्रवक्ता प्रकाण्ड आफूहरू माओवादीको निर्णयपछि समग्र परिस्थिति मूल्याङ्कन गरेर निर्णय गर्ने बताएका छन्।

उनले भने, ‘हामी समग्र परिस्थितिलाई विश्लेषण गरेर एउटा निष्कर्ष निकाल्छौँ। हामी अहिले समाजवादी मोर्चामा छौँ सहकार्य भइरहेको छ। त्यसबारे गम्भीर छलफल र बहसपछि मात्रै निष्कर्षमा पुग्छौँ।’

 

माओवादीका सचिव लीलामणि पोखरेलले पनि श्रेष्ठको पछिल्लो भेटघाट व्यक्तिगत मात्रै भएको बताए। उनले भने, ‘उहाँलाई पार्टीले खटाएको होइन। व्यक्तिगत रूपमा भेट गर्नुभएको होला, उहाँको भेटबारे पार्टीलाई जानकारी छैन।’

उनले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरे कार्यदल बनाउने निर्णय भएको बताए।

उनले थपे, ‘पार्टीले आवश्यक छलफलको लागि कार्यदल बनाएर काम गर्छ। उहाँहरूबिचको सहमति र असहमतिबारे पनि पार्टीले औपचारिक छलफल गरेपछि मात्रै निष्कर्षमा पुगिन्छ तर, कसैको व्यक्तिगत भेट मात्रै एकताको आधार बन्दैन।’

उनले माधव नेपाल नेतृत्वको नेकपा एससँग भने एकताबारे औपचारिक कुराकानी नभएको बताए। उनले थपे, ‘मोर्चामा सँगै छौँ, सामान्य छलफल भइरहन्छ। तर, एकतामै जाने ढङ्गले औपचारिक कुरा भएको छैन।’

त्यसो त श्रेष्ठले गत महिना पनि श्रेष्ठले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई भेटेको थिए। भेटमा भण्डारीसँग वामपन्थी एकताको प्रस्ताव राखेको चर्चाले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको थियो। नेपाल प्रेस