काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै। बैठक मंगलबार अपरान्ह बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आ.व. २०८०/०८१' पेस गर्ने कार्यसूची छ।

यसैगरी शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले 'राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा सभामुख देवराज घिमिरेले पूर्वराज्यमन्त्री खड्गबहादुर वस्याल सार्कीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची  छ। उनको ७४ वर्षको उमेरमा साउन २३ गते निधन भएको थियो।