काठमाडौँ । काठमाडौँमा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–१ का ३२ वर्षीय विशाल तामाङसहितका व्यक्तिहरू छन् ।

तारकेश्वर नगरपालिका–२, ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोमबार (साउन २६) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । तामाङ ढकालटारमा बस्दै आएका थिए ।

नगद २८ हजार २०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।