काठमाण्डाैँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पदबाट राजीनामा दिएका छन्।

लोसपा अध्यक्ष महन्थ ठाकुरले झाले दिएको राजीनामा स्वीकृतसमेत गरिसकेका छन्।

‘उहाँले केही समयअघि पार्टी कार्यालयमा राजीनामा पत्र दिनुभएको थियो, अध्यक्षज्यूले स्वीकृत गरिसक्नुभएको छ,’ अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले सेतोपाटीसँग भने।

झा पछिल्लो समय लोसपामा निस्क्रिय थिए।