
काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ । दुई पक्षबीच झडप भएपछि अधिवेशन स्थगनको घोषणा गरिएको हो ।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि उपस्थित थिए र उनकै सामुन्ने हात हालाहाल भएको थियो । हात हालाहालपछि लिङदेनले अधिवेशन स्थगन गरिएको घोषणा गरे । उनले आजको घटनाको छानबिन हुने पनि बताए ।







Facebook Comments