काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समिति विभाजित भएको छ । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् ।

आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको थियो । आफ्नै सामुन्ने युवाहरु हात हालाहालमा उत्रिएपछि लिङदेनले अधिवेशन स्थगनको घोषणा गरे ।

उनी कार्यक्रमस्थल छोडेर हिँडिसकेका छन् । जाँदै गर्दा उनले अधिवेशनमा बाह्य घुसपैठ भएको संकेत गरेका थिए ।

अध्यक्ष हिँडिसकेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा स्वत नयाँ समिति निर्वाचित भएको घोषणा गर्‍यो ।