
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले सरकारलाई जीबी राई कहाँ लुकाइएको छ भनेर प्रश्न गरेका छन्।
बुधबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा सांसद चौधरीले सरकारलाई यस्तो प्रश्न गरेका हुन्। 'जीबी राई कहाँ लुकाइएको छ ? के उनी घरभित्र छन् कि सत्ताको ओढार भित्र ? के उनीसँगको राजनीतिक सम्बन्ध नै ढाल बनेको हो ?,' उनले प्रश्न गरे।
रास्वपा सभापति रवि लामिछानेको बिजनेस-पार्टनर राई अहिले फरार छन्। रास्वपाले राईलाई सरकारले नै लुकाएको आरोप लगाउँदै आएको छ।







Facebook Comments