काठमाडौं । काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा छोड्ने आदेश जारी गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उनीसहित अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर भएका १९ जनालाई नै धरौटीमा छोड्ने आदेश भएको श्रेष्ठले जानकारी दिए ।
जन्मदिन मनाइरहेका बेला गत साउन १५ गते काठमाडौंको चक्रपथस्थित साम्बला होटलबाट पक्राउ परेका थिए ।