
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल निवासमा विभिन्न वामपन्थी पार्टीका नेता छलफलमा जुटेका छन् । डल्लुस्थित उनको निवासमा कम्युनिष्टहरूबीचको एकता र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
छलफलमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट नेता खनालसहित स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारी, केन्द्रीय सदस्य केदार सन्जेल र रामेश्वर श्रेष्ठ सहभागी छन् । भने अन्य वाम पार्टीकोतर्फबाट अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता नारायण शर्मा, अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता लक्ष्मण उप्रेती, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता रामबहादुर बुढा, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता सन्तबहादुर नेपाली लगायतका वामपन्थी नेताहरू सहभागी छन् ।
नेकपा एकीकृत समाजवादीका नेताहरूले पछिल्लो समय वामपन्थी एकताका लागि छलफल चलाइरहेका छन् । अध्यक्ष माधव नेपालको नेतृत्वमा माओवादी केन्द्रसहित अन्य वामपन्थी घटकहरूबीच पनि निरन्तर छलफल भइरहेको छ ।







Facebook Comments