
काठमाडौँ । काठमाडौं महानगरपालिकाले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि स्वीकृतिबिना बनेका संरचना भत्काएको छ।
बिहीबार कालीमाटी कुलेश्वर हुँदै बग्ने मनमती खोलामाथि बनेका पुल भत्काएको नगर प्रहरी ईश्वर वाग्लले जानकारी दिए। उनका अनुसार त्यहाँ स्थानीयले व्यक्तिगत प्रयोजनका लागि पुलहरू बनाएका थिए।
'निजी प्रयोजनका लागि बनाइएका संरचना डोजर लगाएर हटाएका हौं,' उनले भने, 'खोला अतिक्रमण गरी राखिएका संरचना मात्रै हटाएका हौं।'







Facebook Comments