
काठमाडौँ । एमाले सांसद भीम आचार्यले बजारमा मलको हाहाकार भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रका किसानले मल पाउन नसकेको भन्दै सरकार के हेरेर बसिरहेको छ भन्दै प्रश्न गरे ।
‘मलको चरम अभाव र कालोबजारी छ । किसानले उपयुक्त च्यानलबाट पाएका छैनन्’, उनले भने, ‘किसानले अहिले युरिया हाल्ने बेलामा पाएका छैनन् । तालुक मन्त्रालयले के हेरेर बसेको छ ?’
उनले सरकारले समयमा मलको व्यवस्थापनका लागि नसोचेको भन्दै सभामुखमार्फत ध्यानाकर्षण गराए ।







Facebook Comments