काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पीसीएल तहको संख्यावृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार भएको आयोगको २१औं बैठकले उक्त निर्णय गरेको हो। सिंहदरबारमा भएको बैठकमा आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

गत असार ३२ गते भएको आयोगको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियो।