काठमाडौं । कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव नारायण प्रसाद भट्टराईको सरुवा भएको छ ।

उनलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।


कारागार व्यवस्थापन विभागको महानिर्देशकमा भने सहसचिव लिला प्रसाद शर्मालाई पठाइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय कारागारमा विभिन्न घटनाहरू घट्न थालेका छन् । कैलाली कारागारमा भएको झडपपछि त्यहाँका सीडीओलाई पनि गृह तानिएको छ ।

देशका अन्य कारागारमा पनि कैदीबन्दी भाग्ने, झडप हुने लगायतका घटना घटिरहेका छन् ।