
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले कांग्रेस महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा पुनले सरकारको बारेमा कांग्रेस महामन्त्रीले सत्य बोलेको भन्दै थापालाई धन्यवाद दिएका हुन्।
'सत्तारूढ पार्टीका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्यले नै विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरूमसँम्मै छ भन्नुभयो,' उनले भने, 'ढिलै भए पनि सत्य बोल्नुभएकोमा धन्यवाद।'
पुनले प्रतिपक्षले र सत्तापक्षका केही नेताहरूले मात्र नभई सार्वजनिक मञ्च र जनताले समेत सरकारलाई विचौलिया र स्वार्थ समूहको सरकार भनेको बताए। माओवादीले सुरू देखि नै भन्दै आए पनि त्यसलाई सरकारबाट बाहिरिनुको छटपटी भनिएकोमा पुनले खण्डन गरे।
'१० महिनाको अवधीले हामीले गरेको दाबी सत्ताबाट बाहिरनुपर्दाको पीडा वा प्रतिपक्षले लगाउने कर्मकाण्डी आरोप थिएन भन्ने कुरा सरकारको एकपछि अर्को व्यवहारले पुष्टि गरेको छ,' उनले भने। १० महिनासम्म विचौलियाको संरक्षण र प्रतिपक्षको विरोध मात्रै गरेर ब्यतित गरेको पुनको भनाइ छ।







Facebook Comments