
काठमाडौँ । विगत दुई वर्षको अवधिमा विषालु सर्पको टोकाइबाट सुदूरपश्चिम प्रदेशमा ४३ जनाको मृत्यु भएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार गोमन र करेत जस्ता विषालु सर्पले टोकेका तर उपचारका लागि अस्पताल पुर्याउन ढिलाइ गर्दा धेरैले ज्यान गुमाएका छन्। तुरुन्तै अस्पताल नगइ धामीझाँक्रीको भर पर्दा पनि कतिपयको मृत्यु भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा २३, आव २०८१/८२ मा १७ र चालु आवको हालसम्म तीन जनाले सर्पको टोकाइबाट ज्यान गुमाएका प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।
सर्पको टोकाइबाट कैलालीमा २४, कञ्चनपुरमा १०, बैतडी र डडेलधुरामा तीन/तीन जनको मृत्यु भएको छ। त्यसैगरि डोटी, दार्चुला र अछाममा एक-एक जनाले विषालु सर्पको टोकाइबाट ज्यान गुमाएका छन्। विशेषगरि वैशाखदेखि असोजसम्म नेपालमा सर्पदंशका घटना बढी हुने गरेका छन्।







Facebook Comments