काठमाडौँ । काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा बनेका घरहरू भत्काएको छ ।

शुक्रबार महानगरबाट गएको नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले सुकुम्बासी बस्तीका घरहरू भत्काएको हो ।  नगर प्रहरीको टोली मनोहरा खोला किनारमा बनेका सुकुम्बासीहरूको घर–टहरा भत्काउन डोजरसहित पुगेको छ ।

सुकुम्बासी बस्तीमा नेपाल प्रहरीको टोली पनि सुरक्षाका लागि पुगेको छ ।