
काठमाडौँ । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ ।
सुकुम्बासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीकाे टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् । मनोहरा किनारमा रहेको सुकुम्बासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।
आक्रोशित भिडले नगरप्रहरीमाथि आक्रमण गरेको हो ।







Facebook Comments