काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट रवि लामिछाने नख्खु  कारागारमा स्थानान्तरण गरिएकाे छ । 

सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछाने रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गरिएकाे हाे । 

कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट सिधै नख्खु ल्याइएको हो ।

बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिन पुर्‍याइएको हो । उनको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरू पुगेका छन् । उनीहरूले लामिछानेको पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरिरहेका छन् ।

बुबुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछाने ब्लक नम्बर ४ मा थुनिएका थिए । कारागार सरुवाको माग गर्दै उनले दोस्रो पटक बुधबार नख्खु कारागार स्थानान्तरण गर्दिनँ निवेदन दिएका थिए ।