काठमाडौँ । अविरल वर्षाका कारण आज दिउँसो करिब ३ बजेतिर विष्णुमती खोलामा आएको बाढीले टोखा नगरपालिका–९ दीपज्योति क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण स्थानीय घर, पसल र खाजाघरहरूमा पानी पस्दा क्षेत्र जलमग्न भएको छ।

स्थानीयवासीका अनुसार विष्णुमती नदी र महादेव खोला दोभान क्षेत्रमा खोलाको दायाँबायाँ पर्खाल उठाइएकोले पानीको बहाव साँघुरो भई बाढी सडक हुँदै घर–घरमा पसेको हो।

हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि बाढीले भौतिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको अनुमान गरिएको छ।