
काठमाडौं । सांसदरुले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदन अध्ययनका लागि समय माग गरेका छन् ।
सिंहदरबारमा शनिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरुले उक्त विधेयकको प्रारम्भिक प्रतिवेदन अध्ययनका लागि समय माग गरेका हुन् ।
सरकारले तयार गरेको विधेयकको प्रारम्भिक प्रतिवेदनमाथि अध्ययनका लागि समय माग गरेपछि समितिको बैठक केहिबेर बसेर स्थगित भएको थियो ।
प्रतिवेदनमाथि छलफल गरेर पारित गर्नका लागि बैठक बोलाएपछि केहि दफाहरुमा सांसदहरुले असन्तुष्टि जनाउदै थप अध्ययन गर्नुपर्ने बताएका थिए । त्यसपछि अध्ययनका लागि बैठक स्थगित गरिएको समिति सभापति कुसुमदेवी थापाले जानकारी दिए ।
समिति सदस्यहरुले विधेयकमा उल्लेख केहि बिषयहरुमा संशोधनकतासँग समेत थप छलफल गर्नुपर्ने आवश्यकता देखिएको जनाएका छन् ।







Facebook Comments