
धनगढी । कैलालीमा बेपत्ता भएका बालकको शव फेला परेको छ । जिल्लाको गोदावरी नगरपालिका–९ का ११ वर्षीय दीपेन्द्र जोशीको शव खुटिया खोलामा फेला परेको हो ।
आइतबार दिउँसो करिब १२ बजे खाना खाएर घरबाट निस्केका उनी बेलुकीसम्म घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो । घटनापछि खोलामा बगेको आशंका गरिएको थियो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, बेपत्ता बालकका साथीले प्रहरीलाई दिएको बयानका आधारमा सोमबार बिहान खोजी गर्दा खोलामै उनको शव भेटिएको हो । बयानअनुसार, दीपेन्द्रसहित तीन जना साथी खुटिया खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा दीपेन्द्र बगेर हराएका थिए ।
प्रहरीले आइतबार राति नै खोलामा उनको चप्पल फेला पारेको थियो ।







Facebook Comments