
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका सांसदहरुलाई सरकार ढल्दैछ भनेर चलाएको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट ओर्लिनेबित्तिकै सरकार ढल्दैछ भनेर भ्रम फिजाइएको बताए ।
उनले भने, ‘हिजोसम्म आगो नै बाल्न खोजेका थिए, शेबहादुरजी फर्केर आउनेबित्तिकै सरकार ढल्छ भनेर, विमानस्थलमा ओर्लिनेबित्तिकै ढल्छ कि जस्तो पारेका थिए, ढल्यो ढल्यो, शेरबहादुरजी आउनेबित्तिकै ढलिहाल्छ भनियो। भ्रम फिजाउने तत्वहरुले भ्रम फिजाइरहन्छन्, यसको पछाडि नकुद्नुस्, काममा लाग्नुस्, मिसन २०८४ मा लाग्नुस् '
प्रधानमन्त्री ओलीले विरोधीहरुको हल्लाको पछि नलागेर चुनावको पनि लाग्न नेताहरुलाई निर्देशन दिए ।

Facebook Comments