
काठमाडौं । रवि लामिछानेको स्वास्थमा समस्या देखिएको छ । शनिबारमात्रै रुपन्देही कागारारबाट ललितपुरस्थित नख्खु कारागार ल्याइएका लामिछानेको शरीरको विभिन्न भागको छालामा समस्या देखिएको उपसभापति डीपी अर्यालले जानकारी दिए ।
उनले भने,“मैले उहाँलाई आजै भेटेको थिएँ । उहाँको शरीरमा समस्या देखिएको थियो । ट्रमा सेन्टरबाट चिकित्सक गएर चेकजाँच पनि गर्नुभएको छ । रिपोर्ट केही आएको छैन । आएपछि थप भन्न सकिएला ।”
लामिछानेको स्वास्थमा समस्या देखिएपछि ट्रमा सेन्टरका डाक्टरहरुको टोली नख्खु कारागार पुगेका थिए । लामिछानेलाई अस्पताल लैजाँदा सुरक्षा चुनौती हुने देखिएपछि कारागार प्रशासनले अस्पतालबाट डाक्टरहरुको टोली नै नख्खु कारागार बोलाएको हो ।







Facebook Comments