
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी परेपछि असन्तुष्टि जनाएका छन्। कांग्रेस एमालेले अहिले उपसभामुखलाई हटाउनको लागि अहिले खाली कागजमा हस्ताक्षर गराइरहेको छ।
तर, कोइरालाले खाली कागजमा कुनै कारण नखुलाई हस्ताक्षर नगर्ने अडान लिएका छन्। पार्टीले सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेको भएपनि आफूलाई कुनै खबर नआएको शेखर निकट एक सांसदले बताए।
ती सांसदले भने, ‘अहिलेसम्म मलाई केही खबर आएको छैन। म अहिलेसम्म हस्ताक्षर गर्न गएको छैन। शेखर दाइले पनि अहिलेसम्म नगर्नुभएको मैले बुझेको छु।’ उनले उपसभामुखलाई हटाउन खोजेको चर्चा बाहिर सुनेको भएपनि पार्टीभित्र अहिलेसम्म कुनै छलफल नभएको जिकिर गरे। शेखर पछिल्लो समय सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन्।







Facebook Comments