काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र एमालेले उपसभामुख ईन्दिरा रानामगरलाई हटाउने कसरत सुरु गरेपछि विपक्षी दलहरुको बैठक बसेको छ ।

सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्याल लगायत दलका नेताहरु बैठक बसेको हो । बैठकमा अबको आफ्नो रणनीति के हुने भनेर छलफल भएको बताइएको छ । सत्तारुढ दलको निर्णयविरुद्ध कदम चाल्न बैठक बसेको हो ।

उनीहरुले उपसभामुखलाई हटाउन नहुने बताएका छन् । उता एमाले–कांग्रेसले भने उपसभामुखलाई हटाउने भनेर आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।